May 03, 2010

सामाखुशी शिन्यो-एन का सदस्य हरु शिन्यो-एन को बौद्ध शाखामा


काठमाडौँ,

शिन्न्यो-एन सामाखुशीले आफ्नो साखाका सदस्य हरुको शिन्न्यो-एन का विभिन्न साखा हरुको कार्यक्रम मा सहभागी हुने योजना अनुसार २०६६ चैत्र २८ गते (10 - April -2010 ) शनिबार बौद्ध ब्रान्च मा कार्यक्रममा सहभागीता जनाएको छ . जुन कार्यक्रम मा सामाखुशी शिन्न्यो-एन का ९ जना सदस्य हरुको उपस्थिति थियो. नेपाल भरि का शिन्न्यो-एन का विभिन्न साखा हरु संग मिलेर संगै अगाडी बढ्न , शाखा हरु बीच सामिप्यता बढाउन तथा सबै ठाउँ को कार्यक्रम मा एकरुपता ल्याउन को लागि र समग्रमा सबै मिलेर शिन्न्यो-एन लाइ नेपालमा अझ अगाडी बढाउन को लागि यस्ता प्रकारका भ्रमणले पक्कै पनि राम्रो भूमिका खेल्ने हामीले महसुस गरिएको छ . सोहि अनुरुप हामी सामाखुशी ब्रान्च को टिम ले यो कार्यक्रम को थालनी गरेको हो .यस क्रममा बौद्ध ब्रान्च का मित्र हरु ले जुन प्रकार को मौका दिनु भयो, त्यसको लागि हामी बौद्ध टिम लाई धेरै धेरै धन्यबाद दिन चाहन्छौं. हामीले यहाहरुसंग शिन्न्यो-एन बारेमा धेरै कुरा हरु आधानप्रदान गर्ने मौका पायौं. र आउदा दिन हरु मा पनि हामी बीच सुमधुर सम्बन्ध हुने छ भन्ने आसा लिएका छौं. साथै हामी अन्य साखा हरु मा पनि सम्पर्क गरेर सहभागिता जनाउने छौं .


सबै मिलेर नेपालमा शिन्न्यो-एन लाइ अगाडी बढाऊ.


धन्यबादशिन्न्यो-एन सामाखुशी टिम, काठमाडौँ

No comments:

Post a Comment