May 03, 2010

Visiting Shinnyo-en FISHLING

Samakhushi Shinnyo-en Members Visit Shinnyo-en Fishling branch on 24 April 2010..
सामाखुशी शिन्न्यो-एन द्वारा फिस्लिंग शिन्न्यो-एन भ्रमण :
काठमाडौँ,
सामाखुशी शिन्न्यो-एन द्वारा शिन्न्यो-एन का बिबिध ब्रान्च हरु भ्रमण गर्ने क्रममा २०६६ बैसाख ११ गते (२४ अप्रिल २०१०) मा शिन्न्यो-एन को फिस्लिंग साखा भ्रमण गरेको छ . काठमाडौँ बाट करिब ९५ किलोमिटरको बस यात्रा पछी पुगिने सो स्थान चितवन जिल्ला को दारेचोक गा. वि. स. वार्ड न. ९ स्थित फिस्लिंग बजार मा पर्दछ . सामाखुशी शिन्न्यो-एन का १० जना सदस्य हरु उपस्थित भएर गरिएको सो भ्रमण कार्यक्रमले सबै एकजुट भएर नेपाल मा शिन्न्यो-एन लाई अगाडी लैजान को लागि निकै सहयोग पुगेको हामीले महसुस गरेका छौं. करिब ३ बर्ष अगाडी (२०६४) स्थापना भएको सो ब्रान्च अत्यन्तै प्रभावकारी ढङ्ग ले अगाडी बढेको कुरा त्यहाको उपस्थिति र कार्यक्रम को प्रभावकारिता बाट थाहा पाउन सकिन्छ. प्राय सबै फिस्लिंगवासी हरु लाई शिन्न्यो-एन को बारेमा जानकारी हुनु र सहयोगी भावना को बिकाश हुनु ले पनि यो कुरा थप प्रस्ट हुन्छ. यसरि भ्रमण को कार्यक्रम गर्ने मौका दिनु भएको मा हामी फिस्लिंग शिन्न्यो-एन का जिम्मेवार लगायत सम्पूर्ण फिस्लिंग टिम लाई धेरै धेरै धन्यबाद दिन चाहन्छौ , साथै आउदा दिनहरुमा पनि यस्तो सहकार्य र सम्बन्ध को अपेक्ष्या गर्दछौं . साथै शिन्न्यो-एन फिस्लिंग को अझ उतरोतर प्रगति को कामना गर्दछौं .
सबै मिलेर नेपाल मा शिन्न्यो-एन लाई अझ फैलाउन कोशिस गरौ . .
सामाखुशी शिन्न्यो-एन को यस्तो अभियान निरन्तर चलिरहने जानकारी गराउन चाहन्छौं. धन्यबाद .
शिन्न्यो-एन सामाखुशी टिम काठमाडौँ
सो अवसर मा सामाखुशी का मेम्बर हरु द्वारा त्रिसुली नदिमा Rafting समेत गर्ने मौका मिलेको थियो. (केहि फोटोग्राफ हरु :)

No comments:

Post a Comment